२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

ईद-उल-फित्रको अवसरमा प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ ।

एक महिने ब्रत रमजानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिंदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

एक महिने ब्रत रमजानका बेला समुदायले वर्षभरी गरेको आम्दानीलाई हिसाव गरि त्यसको २ दशमलव ५ प्रतिशत गरिव र असहायलाई बांड्ने गर्दछन् त्यसलाई समुदायले जकात भन्दछन् । जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ ।

तर यसवर्ष कोरोना कहरका कारण इस्लामहरुले न त ब्रतमा मस्जिदमा गएर नामज पढे न तराबी । आज पनि ईदगाहा मस्जिदमा नगई घरघरमै नमाज पढेर पर्व मनाउन धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ०७ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र