२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

राजधानीको कष्टसाध्य यात्रा (फोटोफिचर)



काठमाडौं । देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ ।

यहाँको सडकमा गुडने सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन । सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । त्यसो त सार्वजनिक यात्रा गर्ने यात्रुहरुको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि सार्वजनिक भइरहेका हुन्छन । नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातयातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन ।

सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । शनिवार र आईतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भीड बढेको हो । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो ।

राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको बिस्तार,चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन । राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढने गरेको छ । पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढन र गन्तव्यमा जानसक्ने अवस्था छैन । यिनै भीडमा पुगेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु आजको फोटो फिचरमा ।

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ५४ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३