२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एभरेष्टमा दुई दिने आँखा शिविर सम्पन्न



बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि राखिएको दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

एभरेष्टका कक्षा एकदेखि दश कक्षासम्मका विद्यार्थीलाई केन्द्रीत गरि राखिएको आँखा शिविरमा विद्यार्थीको सामान्य आखाँ परिक्षण, दुर, अदुर दृष्टि दोष लगायतका रोगको परीक्षण गरिएको विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेष्ट स्कुलको संयोजनमा भएको उक्त आँखा शिविरमा एक हजार सात सय विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । लायन्स आँखा अस्पतालका सहायक नेत्र विशेषज्ञ धमयन्ती राना, लक्ष्मी चौधरी, शिक्षा आचार्य, निकिता भट्टराई, निरञ्जन चौधरी, विनोद चौधरी, गंगाबहादुर बुढा लगायतको टोलीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको थियो ।

आँखा परीक्षण शिविरमा ५० जना विद्यार्थीहरुमा दृष्टिदोष देखिएको र बाँकी सबैको अवस्था सामान्य रहेको विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपानेले जानकारी दिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको स्वास्थ्यबारे सचेतना बाढ्न तथा स्वास्थोपचारमा सघाउ पुर्याउनका लागि आँखा लगायतका शिविरको आयोजना गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १० : ३८ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र