२७ बैशाख २०८३, आइतबार | May 11, 2026

वर्षाले भैरहवा बजार जलमग्न



भैरहवा । शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ ।

पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्मेको समस्या खेप्दै आएका छन् । डुबान र जलमग्नको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।

विगतका वर्षदेखि यो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र प्लास्टिक लगायतका फोहोरले वर्षाको पानी सडकमा जम्ने गरेको छ ।

भैरहवामा ३० दशमलव २ मिलिमिटर पानी परेको भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाएपनि हाल सेवा सुचारु भएको छ ।

सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडकमा पानी जम्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : ०७ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको