३ पुस २०८२, बिहिबार | December 18, 2025

निजगढमा विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै



बारा । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आईतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् ।

धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुश प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडौ‌मा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन् ।

सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताए । उनले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सर्वोच्चको अविवेकी फैसलाको पुर्विचार हुनुपर्ने भन्दै मैनालीले यदि जनताको माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठकको निर्णयअनुसार आन्दोलन गरिने बताए । समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम संचालन गर्दै आएको थियो ।

विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ०७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन