१८ श्रावण २०८३, सोमबार | August 4, 2026

मौसम विभागले भन्यो : तीनवटा वायु सक्रिय, आज मौसम खुल्ने सम्भावना न्यून



काठमाडौं । जल तथा मौसम विभागले आज देशैभरको मौसम खुल्ने सम्भावना न्यून रहेको अनुमान गरेको छ । तीनवटा वायु प्रणाली सक्रिय हुँदा मौसम खुल्ने सम्भावना न्यून रहेको विभागकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

विभागले शनिबार गरेको मौसम पूर्वानुमानले आज मौसम बदली रहने अनुमान गरेको थियो । “हिजोभन्दा आज मौसम खराब हुन्छ भनेर हिजो पनि भनेका थियौँ । आज दिनभरि मौसम खुल्ने सम्भावना न्यून छ,” मौसमविद् मानन्धरले भनिन् ।

खराब मौसमकै कारण आज बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन बनेको छ । उक्त क्षेत्रमा पनि आज दिनभरि मौसम खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो र रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहान पनि जहाज घटना भएको क्षेत्र र सुदूरपश्चिम, भैरहवालगायत तराईका क्षेत्रहरूमा वर्षा भइरहेको देखाएको थियो ।

तीनवटा न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशैभर वर्षा भइरहेको अवस्था हो । यसै पनि मनसुन सिजन सक्रिय हुने समय नजिकिएसँगै त्यसको प्रभाव पनि पर्न गएको विभागले जनाएको छ । मानन्धरका अनुसार मनसुन सिजन जुन ८ देखि मनिटरिङ हुन्छ । नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि र पर्सि भने मौसम खुल्दै जाने विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क