२ बैशाख २०८३, बुधबार | April 15, 2026

त्रिवि शिक्षण अस्पतालमा पीसीआर ल्याव स्थापना



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।

शिक्षण अस्पतालमा सोमबार पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उहाँले बाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको बताउनुभयो । अहिले पुरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाँले बताउनुभयो ।

यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ ।

त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरी रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तिन वटै तहका सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  २ : १६ बजे

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा