१८ श्रावण २०८३, सोमबार | August 4, 2026

म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्न : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए ।

६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे ।

‘म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,’ भट्टराईले भने ।

बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको उनको भनाइ थियो ।

सरकारले ७० वर्षे उमेरहदलाई घटाएर ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ८ : १५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क