११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कोरोना पोजेटिभ मृतकको शव व्यवस्थापनमा नेशनल मेडिकल कलेजको गम्भीर लापरवाही



वीरगन्ज । गत जेट ४ गते मृत्यु भएका एक वृद्धको शव व्यवस्थानमा वीरगन्जको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पुष्टि भएको छ ।

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको शव कलेजले परिवारलाई तत्काल हस्तान्तरण गरेको थियो । अस्पतालले शव हस्तान्तरण गरेपछि सोही दिन मृतकको अन्त्येष्टि पनि भइसकेको छ ।

तर, कोरोनाको आशंकामा गरिएको स्वाव परीक्षण गर्न सुरु गरिएपछि कलेजले अन्तिम नतिजा नआउनेबेलासम्म शवलाई सुरक्षित राख्नुपर्नेमा परिवारलाई बुझाएर गम्भीर लापरवाही र गल्ती गरेको छ ।

वीरगन्जस्थि नारायणी अस्पतामा गरिएको परीक्षण शंकास्पद आएपछि ती वृद्धको स्वावलाई पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाको रिपोर्ट नआउँदासम्म अस्पतालले शव परिवारलाई बुझाउनै मिल्दैनथ्यो ।

कोरोनाबाट मृत्यु भएको भए त्यो शवको व्यवस्थापन स्वास्थ्यमन्त्रालयले तय गरेको कार्यविधि अनुसार मात्र गर्नुपर्छ । सुरक्षाका उपाय अपनाएर मात्र शवको अन्त्येष्टि गरिनुपर्छ । तर, अस्पतलले जतिसक्यो छिटो शव पन्छाउन खोज्दा अहिले झन बढी सन्त्रास उत्पन्न भएको छ ।

अस्पतालले सामान्य अवस्थाका बिरामीलाई जसरी शव बुझाएको थियो । सो शवको अन्तेष्टिमा ५० भन्दा बढी मलामी गएका थिए ।

यसअघि, मान्छे मरिसकेपछि परिवारलाई शव बुझाउने सामान्य प्रक्रिया भएको हल्का प्रतिक्रिया दिएको मेडिकल कलेजले कोरोना पुष्टि भएपछि भने केही बोलेको छैन । तर, प्रशासनले भने नेशनल मेडिकल कलेजको लापरवाहीबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ३ : ३९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि