१३ पुस २०८२, आइतबार | December 28, 2025

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ ।

पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ ।

सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्न मा applydl.dotm.gov.np लगईन गरी नयाँ आवेदन फारम भर्न सकिने विभागले जनाएको छ । वर्ग थप गराउन चाहनेका लागि अर्को हप्ताको सोमबारबाट मात्रै खुला गरिनेछ ।

कोरोना महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था थियो ।

चाप अत्यधिक बढेपछि विभागले गत चैतदेखि आवेदन प्रणाली नै बन्द गरेको थियो । त्यो अवधिमा पाँच लाख ७२ हजार आवेदन परेको थियो । विभागले नयाँ प्रणालीअनुसार ४ जेठबाटै लागू गर्ने घोषणा गरेको थियो । तर, प्राविधिक समस्या आएका कारण उक्त मितिमा लागू गर्न सकिएको थिएन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : २९ बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको