२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

राजनकुमारले आफन्तलाई मुक्तिनाथ पुर्‍याउनै पाएनन्, एकै परिवारका सात जनाले ज्यान गुमाए



जनकपुरधाम । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठममाडौंमा बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे ।

निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा गएका थिए । शनिवार दिनभर पोखरामै बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढेका थिए । मृतक राजनकुमारका बहिनी ज्वाई मदन लामाका अनुसार उनीहरू घरबाटै मुक्तिनाथ दर्शन गर्ने योजना बनाएर गएका थिए ।

यता, मिथिला नगरपालिका–११ का वडाध्यक्ष वेदबहादुर कार्कीले एकै परिवारका सात जनाको मृत्यु खबरले पुरै गाउँ शोकमा डुबेको बताए । ‘घटना भएको खबर पाएलगत्तै डर, भव्य थियो । कोही बाच्छन् की भन्ने आशा थियो । भागवानसँग हामीले प्रार्थना पनि गरिरहेका थियौं ।,’ वडाध्यक्ष कार्कीले भने, ‘तर, सोमबार बिहानै खबर आयो की विमानमा चढेका एक जना पनि रहेनन् ।’ उनीहरूको शव गाउँ ल्याउने अवस्थामा नरहेकोले र दाहासंस्कार उतै हुनसक्ने उनले बताए ।

यसैबीच, घटनाको जानकारी पाएलगत्तै मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो मृतकका परिवारजनको घरमा पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा राजनकुमार स्वकीय सचिव रहेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ५८ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको