१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रहरी महानिरीक्षक नियुक्ति विवाद : एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा



काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ । न्यायाधीशद्वय विश्‍वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो ।

रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेल हुन् । उनले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ ।

यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्‍वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुँदै छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ३७ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक