२२ बैशाख २०८१, शनिबार | May 5, 2024

क्षमायाचना गरेपछि नायिका मिरुना र फुर्बाबीच सहमति



काठमाडौं । चलचित्र कबड्डी दि फाईनल म्याचकी अभिनेत्री मिरुना मगर र अभद्र व्यवहार गरिएको भनिएका फुर्वा तामाङबीच सहमति भएको छ । गत जेठ १५ गते सिविल मलको क्युएफएक्स हलमा दर्शकसँग कलाकारको साक्षात्कार कार्यक्रममा क्रममा अभिनेत्री मगरमाथि भएको अभद्र व्यवहारको सम्बन्धमा दुबै पक्षका आफन्तहरु समेत बसेर आगामी दिनमा यस विषयलाई नउठाउने सहमति भएको हो ।

दुबैपक्षकाबीच भएको भेटमा मुगु घर भएका फुर्वा तामाङले गल्ती स्विकार गर्दै माफी मागेको र अभिनेत्री मगरले पनि आवेगमा कमजोरी भएको स्विकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अभिनेत्री मगरले तामाङलाई भाई सम्झेर माफी दिएको उल्लेख छ ।

आफुमाथि दुर्व्यवहार भएपछि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिङ्गो बौद्ध धर्मालम्बीहरुको भावनामा चोट पुगेको भन्दै अभिनेत्री मगरले क्षेमा याचना गरेकी छन् ।

दुबैपक्षका अभिभावकहरुबीच आगामी दिनमा यस विषयमा विवाद नगर्ने, टिकाटिप्पणी नगर्ने समाजमा धार्मिक तथा साम्प्रदायिक द्धेश फैलाउने कुनै कार्य नगर्ने समेत सहमति भएको छ ।

जेठ १५ गते दर्शकहरुमझ पुगेकी अभिनेत्री मगरमाथि दुर्व्यवहार भएको भन्दै मगरले तामाङलाई सार्वजनिकस्थलमै थप्पड हानेकी थिईन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : २६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै