१८ आश्विन २०८३, आइतबार | October 4, 2026

अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन



काठमाडौं । युरो २०२० च्याम्पियन इटालीलाई ३-० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे ।

खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८ औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो । मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए ।

यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । ९० औं मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए । इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ । अर्जेन्टिना पछिल्लो तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो ।

खेलका लागि सन् २०२० को फेब्रअरी १२ मा युइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यस्तै, २०२२ को मार्चमा युइएफएले यो खेल वेम्बली रंगशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल-युइएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो ।

यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ-फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालीन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो ।

त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल=युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : ०१ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय