२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कथित ठुलो जातसङ्गको मायाले ज्यान लियो, ३ जनाको शव भेटियो ४ बेपत्ता



जाजरकोट । कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए ।

सोतीमा गाउँलेले आक्रमण गर्दा भेरी नपा ४ नवराज विक र चौरहजारी नपा १ टिकाराम सुनार र भेरी नपा ४ गणेस बुढाको लास फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेसको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सन्जु बिक, गोविन्द शाही लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकार उपेन्द्रराज पौड्यालले प्रहरीले उनीहरुको खोजी गरिररहेको बताए । ’प्रहरीले खोजी गरिररहेको छ । उनीहरुको कुनै पत्तो लागेको छैन । भागेर कतै पुगे वा आफ्नै घर पुगे अथवा नदिले बगायो भनेर भन्न सक्ने अवस्था छैन । हामी निष्पक्ष रुपमा छानविन गरिरहेका छौं,’ प्रजिअ पौड्यालले भने । घटनामा संलग्न चौरजहारी नगरपालिका वडा ८ का वडाध्यक्ष डम्वर मल्ल सहित सोतीका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठकबहादुर केसीले जानकारी दिए । यो घटना जातीय विभेदको घटना हो होइन भनेरचाहिँ अनुसन्धान पूरा भएपछिमात्र भन्न सकिने उनले बताए ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो ।

तर, घटनाका घाइतेहरुले भने जातीय भेदभावका कारण घटना भएको बताएका छन् । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको बताएका छन् ।

हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यो डुमहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् । उनले हामीलाई बेसरी गाली गर्न थालेपछि हामी फर्किएका थियौं । फर्किइसकेपछि गाउँलेहरु ढुंगामुडा गर्दै आए । हामी फर्किइसकेका थियौं । तर उनीहरुले लखेट्न थाले । हामी भाग्यौं । कोही कता कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं,’ सरोज भँडेलले भने । उनले नवराज विकलाई मारेरै भेरीमा फालिएको बताए ।

भेरीका १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए । त्यसमध्ये दुईजनाको यो घटनामा ज्यान गएको छ भने चारजना बेपत्ता छन् । १२ जना घाइते छन् ।जिल्ला प्रहरी कार्यालयमा सांझ अबेर सम्म पीडित पक्षले निष्पक्ष छानविन र जाजरकोटबाट मुद्धा चलाउनु पर्ने भन्दै नारावाजी गरिरहेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : २७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa