६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कथित ठुलो जातसङ्गको मायाले ज्यान लियो, ३ जनाको शव भेटियो ४ बेपत्ता



जाजरकोट । कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए ।

सोतीमा गाउँलेले आक्रमण गर्दा भेरी नपा ४ नवराज विक र चौरहजारी नपा १ टिकाराम सुनार र भेरी नपा ४ गणेस बुढाको लास फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेसको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सन्जु बिक, गोविन्द शाही लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकार उपेन्द्रराज पौड्यालले प्रहरीले उनीहरुको खोजी गरिररहेको बताए । ’प्रहरीले खोजी गरिररहेको छ । उनीहरुको कुनै पत्तो लागेको छैन । भागेर कतै पुगे वा आफ्नै घर पुगे अथवा नदिले बगायो भनेर भन्न सक्ने अवस्था छैन । हामी निष्पक्ष रुपमा छानविन गरिरहेका छौं,’ प्रजिअ पौड्यालले भने । घटनामा संलग्न चौरजहारी नगरपालिका वडा ८ का वडाध्यक्ष डम्वर मल्ल सहित सोतीका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठकबहादुर केसीले जानकारी दिए । यो घटना जातीय विभेदको घटना हो होइन भनेरचाहिँ अनुसन्धान पूरा भएपछिमात्र भन्न सकिने उनले बताए ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो ।

तर, घटनाका घाइतेहरुले भने जातीय भेदभावका कारण घटना भएको बताएका छन् । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको बताएका छन् ।

हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यो डुमहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् । उनले हामीलाई बेसरी गाली गर्न थालेपछि हामी फर्किएका थियौं । फर्किइसकेपछि गाउँलेहरु ढुंगामुडा गर्दै आए । हामी फर्किइसकेका थियौं । तर उनीहरुले लखेट्न थाले । हामी भाग्यौं । कोही कता कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं,’ सरोज भँडेलले भने । उनले नवराज विकलाई मारेरै भेरीमा फालिएको बताए ।

भेरीका १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए । त्यसमध्ये दुईजनाको यो घटनामा ज्यान गएको छ भने चारजना बेपत्ता छन् । १२ जना घाइते छन् ।जिल्ला प्रहरी कार्यालयमा सांझ अबेर सम्म पीडित पक्षले निष्पक्ष छानविन र जाजरकोटबाट मुद्धा चलाउनु पर्ने भन्दै नारावाजी गरिरहेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : २७ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का