२ चैत्र २०८२, सोमबार | March 16, 2026

दीप बोर्डिङमा सदन विभाजन सम्पन्न



बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हुने साप्ताहिक अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउने, विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई रातो, हरियो, निलो र सेतो सदन गरी जम्मा चार सदनमा विभाजन गरिएको हो ।

जसमध्ये रातो सदनको सल्लाहकारमा सरिता सोती, संयोजकमा कृष्ण भुसाल, सहसंयोजकमा प्रियङ्का शर्मा, सदन नेतामा दीप्सनजङ रायमाझी, उपनेतामा सपना थापा, सेतो सदनको सल्लाहकारमा बालकृष्ण पाठक, संयोजकमा अमर खत्री, सहसंयोजकमा बेबी किराँत, सदन नेतामा सान्वी सिंह, उपनेतामा सहज गुरागाईँ छनोट भएका छन् भने निलो सदनको सल्लाहकारमा विकास हमाल, संयोजकमा अनिल पङ्गेनी, सहसंयोजकमा नमिना प्रधान, सदन नेतामा पूजा खनाल, उपनेतामा अनुराज पन्थी, हरियो सदनको सल्लाहकारमा जनक पन्थी, संयोजकमा डी.सी. भुसाल, सहसंयोजकमा सङ्गीता श्रीस, सदन नेतामा आरभी आचार्य, उपनेतामा सचिना पुरी छनोट भएका छन् ।

कार्यक्रममा विभिन्न सदनका सल्लाहकार, संयोजक, सहसंयोजक, नेता तथा उपनेतालाई विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सदनको झन्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विभिन्न सदनमा छनोट भएका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी वर्ष विद्यालयले सञ्चालन गर्ने साप्ताहिक अतिरिक्त क्रियाकलापहरू जिम्मेवारी प्राप्त गरेका शिक्षक, शिक्षिका र विद्यार्थीहरूले आफ्नो सदनका तर्फबाट उत्कृष्ट कार्यकुशल प्रदर्शन गरी अतिरिक्त क्रियाकलापमा दीप बोर्डिङ हाई स्कुललाई अब्बल बनाउन लाग्नुपर्ने बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन सबै शिक्षक, शिक्षिका र विद्यार्थीहरू लाग्नुपर्ने तथा विद्यालयलाई अतिरिक्त क्रियाकलापको क्षेत्रमा विगतमा जस्तै अब्बल बनाई राख्न सबैको सक्रिय सहभागिताका लागि अनुरोध गरेका थिए ।

विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको सभाध्यक्षता, प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य द्वय ज्ञानु थापा तथा कलाधर अर्याल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेखा आचार्य, के.बी. खाम्चा, कृष्ण भुसाल, विजय सापकोटा, सन्दिप बस्याल र श्याम बस्यालले सहजीकरण गरेका थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : ४१ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास