४ पुस २०८२, शुक्रबार | December 20, 2025

जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्यौं : विनायक शाह



काठमाडौं । होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् ।

हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै शाहले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए । उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘पहिलो कुरा जुन क्लाइमेट चेन्जको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखियो । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने । त्यसले गर्दा हाम्रो राज्यप्रति, जनता,समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो । प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकोले के नयाँ गर्ने भनेर यसमा सोचेका थियौँ । हामीले होटलका रुमहरुलाई प्लाष्टिक फ्रि गर्ने, होटलका रुमलाई प्लाष्टिकजन्य सामानहरुबाट नयाँ विकल्प ल्याउने भन्नेमा हामी अघि बढयौँ । हामीले जेठ १८ गतेबाट नो टू प्लाष्टिक भन्ने नारासहित हामीले यो काम शुरु गरेका छौँ । यसमा हामीले डिसेम्बर २४, २ वर्षभित्रमा हानका सदस्यहरुले यो नियम पालना गरेर होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने भन्ने अभियान शुरु गरेका छौँ । प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो हुन्छ तर होटलहरुका लागि शुरुवाती चरण हो यो । लङटममा फाइदा हुन्छ । शुरुमा ग्राहकलाई न्यूनतम हुनेसम्म के गर्न सक्छौँ त्यो गर्नेछौँ । सामानहरु बजारमा उपलब्ध छ । सेवा क्षेत्र भएकोले गुणस्तर सर्वोपरी नै हुन्छ । प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएका हुन्छन ।’

उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने जनाए । उनले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको