२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बाँकेमा विजयी कांग्रेसका जनप्रतिनिधिहरुलाई बाँके कांग्रेसको सम्मान



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले बाँकेका बिभिन्न पालिकाहरुबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेले बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति गौडेल लगायत अन्य अतिथिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान एवं बधाई र शुभकामना दिएका थिए ।

बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख/अध्यक्ष, ६ जना उपप्रमुख/उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य संजय गौतमले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।उनले पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायतले जनचाहना अनुसार काम गर्ने बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ५४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ