१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपालगन्जको क्यासिनोबाट ७ जना नेपाली ‘डन’ पक्राउ



नेपालगन्ज । नेपालगन्जको होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेकोछ । क्यासिनोमा प्रवेश गरि धम्काउने र गुण्डागर्दी गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो । क्यासिनोबाट पक्राउ पर्नेमा नेपालगन्जका मनोज विक, विपिन सिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह रहेका छन् । उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो ।

क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले ती ७ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध भएपनि नेपालगन्जमा सञ्चालित क्यासिनोहरु नेपालीहरुलाई लुकाई छिपाई जुवा खेलाउने कार्यमा बदनाम छन् ।

पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही अगाडी बढाइने डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : २४ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई