२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते भएका सोही मोटरसाइकल पछाडी सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १० : ४५ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो