२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपालमा भूराजनीतिक दुःस्वप्न पैदा गर्दै भारतको हाइब्रिड युद्ध



नेपालमा भारतले ५ वषैदेखि हाइब्रिड युद्ध चलाइरहेको छ । भारतको यस हाइब्रिड युद्धले नेपाललाई एक स्वतन्त्र एवं सार्वभौमसत्तासम्पन्न राज्यबाट आफ्नो कठपुतली राज्य बनाउने ४ वर्षदेखिको प्रयास असफल भएको छ । नरेन्द्र मोदी आफ्नै कारणले छिमेकीहरुसँग असफल बन्दै गएका छन् ।
(हाइब्रिड युद्ध एक यस्तो सैन्य रणनीति हो जसले आफ्नो स्वार्थको रक्षा गर्न कुनै पनि मुलुकमा राजनीति, कुटनीति र साइवार वुलिङमार्फत छद्म युद्ध चलाउँछ । जहाँ फेक समाचार, जवरजस्तीको कुटनीति, कानुनी हस्तक्षेत्र, चुनावी हस्तक्षेप जस्ता प्रभावकारी विधिहरुको संयोजन हुन्छ ।)

कालापानी संकट
नेपालले गतहप्ता आफ्नो नयाँ नक्शा सार्वजनिक गरेपछि भारत अहिलेको अवस्थामा गम्भीर अन्तराष्ट्रिय संकटको घेरामा पर्दैछ । काठमाडौंले आफ्नो ठूलो छिमेकलाई कहिल्यै पनि उत्तेजित बनाउन खोजेको छैन । यसविपरित, नयाँ दिल्लीले गत नोभेम्बरमा नेपालको भूमि समेटर जारी गरेको नक्शाको प्रतिक्रिया मात्र दिएको छ ।

भारतले कालापानी क्षेत्रमा एक सडकको उद्घाटन गरेको थियो । उसले दाबी गरेको थियो कि तिब्बत स्वायत्त क्षेत्रमा रहेको कैलाश मानसरोवरमा जाने तीर्थयात्रीको सुविधाका लागि यो सडक बनाएको हो । तर, भारतको उद्देश्य तीर्थयात्रा भन्दाबढी सामरिक रहेको छ । संकटको अवस्थामा आफ्ना सेनालाई सजिलोसँग चीनको सीमासम्म पुर्याउन सकियोस भन्ने भारतको रणनीति रहेको छ । ब्रिक्स र एसईओको सदस्य मुलुक भएपनि भारतको चीनसँग राम्रो सम्बन्ध छैन भन्ने सबैलाई थाहा छ । अर्कोतिर यही समयमा भारत चीनसँग समेत सीमा विवादमा अल्झिएको छ । त्यसो त, चीनसँग अमेरिका समर्थित हाइब्रिड युद्ध भारतले धेरै पहिलेदेखि चलाउँदै आएको हो । यद्यपी, चीन नेपालको साथमा छ । नेपालमा भारतको हाइब्रिड युद्ध केहीवर्षअघिदेखि कमजोर बन्दै गएको छ । जसका कारण भारतलाई आफ्नो स्वार्थमा अपुरणीय क्षति पुगेको छ ।

नेपालमाथि नाकावन्दी

नेपालमा भारतले ५ वषैदेखि हाइब्रिड युद्ध चलाइरहेको छ । भारतको यस हाइब्रिड युद्धले नेपाललाई एक स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न राज्यबाट आफ्नो कठपुतली राज्य बनाउने ४ वर्षदेखिको प्रयास असफल भएको छ । काठमाडौंमा कम्युनिष्ट सरकराले सन् २०१५ मा एक संघीय संविधान जारि गर्यो । जो लामोसमयदेखिको गृहयुद्ध अन्त्य गर्र्न सबै दलहरु सहमत भएको अन्तिम रुप थियो । नेपालमा संविधान जारी हुँदा नयाँ दिल्लीलाई तनाब भयो । किनकी भारत नजिक देखिएका मधेशीका लागि नयाँ संविधानले अलग प्रेदश दिएको थिएन । प्रदेश हेरफेर गराउने भारतको चाहना नेपालका राजनीतिक दलहरुले विफल बनाइदिएका थिए । पूर्व हिन्दुअधिराज्यमा फुटाउने र राज गर्ने भारतीय सोच असफल भयो । जवाफमा भारतले मधेशी आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकावन्दी लगायो । त्यस समय चीनले अप्ठेरोमा परेको आफ्नो छिमेकीलाई अत्यावश्यक रासन पानी, खाद्यान्न, पेट्रोलियम पदार्थ आपूर्ति गरेर सहयोग गर्यो । झण्डै सुरु भएको गृहयुद्धको दोस्रो चरण कथित रुपले समाप्त भयो । तर यो घटनाले नेपाल भारत सम्बन्धमा झन बढी तिक्कता ल्यायो । त्यसबेला भारतभित्र नेपामा भएको घटनालाई तथाकथित चिनिया षड्यन्त्र मात्र भन्दै व्याख्या गरेर आफ्नो विदेश नीतिको असफलाको ढाकछोप गरियो । नेपालसँग बिग्रेको सम्बन्ध सुधारका विषयमा कसैले जिम्मेवारी लिन चाहेनन् ।

भारतको कार्टोग्राफिक दाबी

स्वतन्त्रतापछि क्षेत्रीय शक्तिको रुपमा उदाउँदै आएको भारतले नेपालविरुद्ध आफ्नो हाइब्रिड युद्धलाई नै तिब्र बनाउने विकल्प सोच्यो । किनकी, यसले कुनै पनि जिम्मेवार देशलाई आफ्नो प्रारम्भिक योजनाको असफलताको महशुस गराउन मजबुर बनाइदिन्छ । भारतले आफ्नो विवादास्पद नक्शा जारी गर्यो । नक्शाको माध्यमबाट गत वर्षको अन्तमा विवादित कालापानी क्षेत्रलाई भारतलले आफ्नो दाबी बढायो । हुन त भारत र नेपालबीच लामो समयदेखि यस क्षेत्रका विषयमा विवाद भैरहेको छ । अंग्रेज नेपाल युद्धपछि सन् १८१५ को भएको सुगौली सन्धीअनुसार अनुसार नेपालको सीमा काली नदीपूर्व धकेलिएको थियो । काठमाडौंको दाबी छ कि यो सीमा रेखा लिम्पियाधुरा पासबाट निस्कने काली नदी हो । जबकी नयाँ दिल्लीको भनाइअनुसार यो पंचगढ नदीबाट सुरु भएर पूर्व तिर बग्छ । जसले विवादित क्षेत्रलाई निकै खुम्च्याउँछ । भारतको उग्रराष्ट्रवादी सरकारले गत अगष्टमा संयुक्त राष्ट्र संघबाट विवादित क्षेत्रको मान्यता पाएको जम्मुकश्मिरलाई आफ्नो अधिनस्त बनाएपछि त्यसबाट झन बढी उत्साहित भएर नेपालले दाबी गरिरहेको भूमि लाई अर्को निशाना बनाएको थियो । दक्षिण एशियामा एक तथाकथित हिन्दु राष्ट्रलाई दबाबमा राखेर पहिला जस्तै नेपालभित्र हाइब्रिड युद्धको चाहना भारतेको रहेको छ ।

भारतको उत्तरी मोर्चा

सन् २०१४ मा प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूरणनीतिक मिसक्यालकुलेसन गरेका छन् । किनकी उनले नेपाललाई उसले दाबी गर्दै आएको विवादित क्षेत्रलाई लिएर आफ्नो नक्शा जारी गर्न उक्साउने मात्र काम गर्यो । जसका कारण अहिले गम्भीर राजनीतिक संकट उत्पन्न भएको छ । गैरहिन्दु अल्पसंख्यक विरुद्ध अनसिटिजन हाइब्रिड युद्धबाट प्रेरित अभूतपूर्व आतन्तरिक परिवर्तनका बीच नरेन्द्र मोदीले छिमेकी भड्काउने काम गरेका छन् । भारतको स्वतन्त्रताप्राप्ति पछि यो नै सबैभन्दा अप्ठेरो अवस्था हो । भारतका उग्रराष्ट्रवादी नेताहरुको मान्यता यो रहेको छ कि आफुले कब्जा गरेको क्षेत्रबाट पछि हट्दा बाँकी क्षेत्रलाई पनि नोक्सान पुर्याउने हुन्छ ।

अन्त्यमा
भारतले आफ्नै व्यवहारका कारण नेपालमा बर्षौदेखि नेपाल र नेपालीको मन मस्तिष्कमा रहेको भारतीय प्रेमलाई गुमाएको छ । जसका लागि उसले ठूलो लगानी गरेको थियो । नरेन्द्र मोदीले एकलकाटेरुपमा बनाएको भूराजनीतिक दुःस्वप्न उनकै देशका लागि हानिकारक बन्दै गएको छ । मोदीका अमेरिकी संरक्षक उनको संरक्षणमा हरतरहले साथ दिइरहेका छन्, तर त्यो सम्भव हुने देखिदैन ।
(अमेरिकी राजनीतिक विश्लेषक एन्ड्रयू कोरिवोकको यो विश्लेषण वान वल्ड्र डट प्रेसमा प्रकाशित छ)

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ११ : १८ बजे

जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं । स्वास्थ्य बिमा गराएका, काठमाडौं महानगरपालिकाभित्रका १ लाख बिमितको

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको