१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था, आवासीय क्षेत्रका जग्गा ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने



काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था लागू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै अबदेखि काठमाडौंमा घर बनाउने प्रयोजन लागि एक सय ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था लागू गरेको हो ।

नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम ४ आना चाहिने छ ।

त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ५२ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार