४ पुस २०८२, शुक्रबार | December 19, 2025

पश्चिम रुकुममा भएको बर्बरतापूर्ण घटनाको गृह मन्त्रालयबाट छानविन सुरु



काठमाडौं । गृहमन्त्रालयले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविन सुरु गरेको छ । छानविनका लागि मन्त्रलयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको छ ।

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिनका लागि गृहले समिति गठन गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रिय सभामा घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको जानकारी दिनुभएको हो ।

कथित माथिल्लो जातका मान्छेले तल्लो जातमाथि गरेको बर्बर र आततायी घटनाको सर्वत्र निन्दा भएको छ ।

गृहमन्त्री थापाले संसदलाई अन्तरजातीय विवाह गर्न खोज्दा भएको घटनाका बारेमा विस्तारमा जानकारी पनि दिनुभएको छ ।

जाजरकोटको भेरी नगरपालिकाका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिमको चौरजाहारी गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी दिनुका साथै केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो। नियन्त्रणमा लिइएकामा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेको उहाँेले जानकारी दिनुभयो

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको थियो ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको भन्दै उहाँले अहिले पनि दलितमाथि गैहदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “ मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको छ ।५४ बर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेबाहीमा परिणत गर्न गएको केही दलित माथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु । ”

उहाँले अपराधसंग सम्बन्धीत व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडीतलाई गरेको सहयोग बारे गृहमन्त्रीसंग जानकारी माग गर्नुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १ : १५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा