२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जुम्लाको गठबन्धनबाट जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध



जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादीबाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको तर्फवाट प्रमुख सहित सात जना र नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख सहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए ।

त्यस्तै नेपाली कांग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ । यसैगरी नेपाली कांग्रेसका नरविर सुनार दलित तथा अल्पसंख्याक सदस्य मनोनयन भएका छन् ।

जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र नेपाली कांग्रेसको गठवन्धन भएपछि माओवादीको उम्मेदवार मनोनयन भएको छैन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : २० बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच