१ पुस २०८२, मंगलबार | December 17, 2025

गगन थापा दाईलाई खुला पत्र



प्रीय नेता गगन दाई,
४२ डिग्री माथि को तापक्रममा बस्दै गर्दा तातो र न्यानो अभिवादन !
बिषयमा सोझै प्रवेश गरौं झैं लाग्यो तपाईं लाई सोझै पत्र लेख्ने गरि न त तपाईं र मेरो ब्यक्तिगत चिनाजानी नै छ, न त राजनीतिक सम्बन्ध नै तर समाजीक सरोकार का मुद्दा ले जिस्क्याइरहँदा तपाईं लाई यो पत्र लेखेर तपाईं कै पार्टी सभापति ज्युले नेतृत्व गरिरहेको सरकार लाई तपाईं मार्फत ध्यानाकर्षण गराउन यो पत्र लेख्दै छु।

मैले पत्र लेख्दै गर्दा तपाईं लाई स्मरण गराउन चाहेँ, तपाईंको स्वास्थ्य मन्त्री को कार्यकाल हो, त्यही बेला जुन समय तपाईं देशको स्वास्थ्यमन्त्रीका रूपमा मन्त्रालय हाकिरहनु भएको थियो । त्यो समय हामी खजुराबाट प्रखर परोपकार मिसन नेपाल खजुराबाट संचालित नेपाल क्यान्सर अस्पताललाई गठन आदेश मार्फत अगाडि बढाउने सन्दर्भमा भेटघाट को लागी तपाईं (मन्त्री) को कार्यकक्षमा थियौं । हाम्रो गाउँ कै माननीय आशा बिक दिदी लाई साथमा लिएर हामी पुगेका थियौं ।

सतिश निरौला

केही बेर गम्भीर छलफल भए तपाईंले अप्रत्याशित रूपमा अस्पताल को नाम फेरेर हाम्रो बाँके जिल्लाबासी नेता तत्कालीन प्रधानमन्त्री सुशील कोइराला को नाममा अस्पतालको नमाकरणको प्रस्ताव ल्याउनु भो, हामी झस्कियौंँ, निकै आन्तरिक छलफल पनि गरियो र अन्तिममा खजुरामा क्यान्सर अस्पताल बन्छ र चल्छ भने देशको प्रधानमन्त्री भैसकेको हाम्रो नै जिल्लाको नेताका नाममा अस्पताल को नाम फेर्ने कुरामा बाध्यकारी सहमति जनाउदै हामी काठमाडौ बाट खजुरा फर्किएका थियौं।

त्यो छ्लफलका सन्दर्भमा तपाईंले यदी काङ्ग्रेसका तत्कालीन सभापती सुशिल दा को नाममा अस्पतालको नाम फेरेर अगाडि बढाए अस्पताल संचालनको लागी कुनै कमी नहुने गरि करोडौं रुपैयाँ निकासा गरिदिने बाचा गर्नु भएको थियो । तपाईंले गरेको त्यो बाचा सम्झँदै गर्दा तपाईंको पार्टी कै माननीय (आशा बिक) स्वयं हामी सङ्गै हुनुहुन्थ्यो । अस्पताल नेपाल क्यान्सर अस्पताल बाट ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ मा त रुपान्तरण भयो तर तपाईंले हामी सङ्ग गरेका बाचा पुरा भएनन् । तपाईं कै दलका त्यागी नेताको नाममा बनेको अस्पताल आज दीर्घकालीन रूपमा सन्चालनका लागी राज्य बाट जुन रूपमा बजेट लगायतका बिषयले प्राथमिकता पाउन पर्थ्यो त्यो पाउन सकेन।

अब पश्चिम् नेपाल कै क्यान्सर पीडित बिरामीहरु को सहज पहुँच भएको अस्पतालमा आम सर्वसाधारण नागरिकले सेवा उपभोग गर्न सक्ने गरि नेपाल सरकारले खजुरा स्थिति सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लाई लगानी गरोस् र राज्यको गम्भीर ध्यानाकर्षण होस् भन्दै तत्कालीन स्वास्थ्य मन्त्री माननीय गगन थापा सहित बाँकेका सबै माननीय ज्युहरु को समेत ध्यानाकर्षण गराउन चाहान्छु। अब अस्पताल ले बिरामी लाई राम्रो सेवा सुबिधा प्रदान गर्न चाहिने महत्वपूर्ण पक्ष कर्मचारीको स्थायी दरबन्दी देखी विभिन्न औजार र उपकरण को समेत उपयुक्त प्रबन्ध गरियोस् भन्ने ध्यानाकर्षण गराउदछु । आशा छ आफू स्वास्थ्य मन्त्री हुँदा गरेको बाचा आज पार्टी को केन्द्रिय स्तरमा जिम्मेवार नेतृत्वमा रहिरहदा गगन दाइले आफ्नो पार्टी को सरकार लाई यसतर्फ सचेत बनाउनुहुने छ भन्नेमा म बिश्वस्त छुु । साथीहरू यदि तपाईं हरु कोही गगन दाइ सङ्ग नजिक हुनुहुन्छ भने यो पत्र उहाँ सम्म पुर्याइदिनु होला, धन्यवाद ।
-सतिश निरौला
खजुरा गाउँ पालीका-३
बाँके

नोट : पत्र लेखक अस्पताल जन्माउने संस्था प्रखर परोपकार मिशन नेपालका महासचिव हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : १६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष