१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सार्वजनिक शौचालय अभियानको प्रभाव बुटवलमा पनि, निःशुल्क ब्यानर बनाउने व्यावसायी भुषालको घोषणा



बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ ।

महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै बुटवलमा समेत यसको प्रयोग सुरु भएको छ । बुटवलमा अहिलेसम्म ५ स्थानमा सार्वजनिक शौचालयको सुरुवात भइसकेको छ ।

बुटवलको मैत्री पथमा रहेको रोयल फुड कोर्ट, दुर्गा मन्दिर स्थित मालिका किचन एन्ड लज, मिलनचोक स्थित चिकन स्टेशन मिलनचोकमै रहेको स्वस्तिक रिकङडीशन र कालिकानगरमा रहेको द स्पाइसी लाउन्जले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने भएका छन् । नीजि होटल तथा संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनलाई बुटवलको मिलनचोकमा रहेको शाइन डिजाइन एण्ड प्रिन्टले ब्यानरको सौजन्य गरेको छ ।

बुटवलका मुख्य मुख्य स्थानमा पनि सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई समस्या परेकाले नीजी संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनका लागि आफूले अन्य होटल, रेष्टुरेण्ट लगायत विभिन्न संघ संस्थाहरुलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग व्यवस्था गरिएको शाइन डिजाइन एण्ड प्रिन्टका प्रोप्राइटर राजीव भुसाले जानकारी दिए । यस्तै कपिलबस्तुको ४ नम्बरमा रहेको द डिजिटल एण्ड क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोगको व्यवस्था मिलाएको प्रोपाइटर भुसालले बताए ।

बुटवलमा शैचालयसँगै यात्रुहरुका लागि खानेपानीको समस्या रहेकाले सार्वजनिक शौचालयसँगै खानेपानीको पनि व्यवस्था मिलाउन आग्रह गरेको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ४८ बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय