१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सरकारले लकडाउन पालना गराउन नसकेको राहुल गान्धीको आरोप



भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाएका छन् ।

गान्धीले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आउनुभएको छ । यसैक्रममा मङ्गलबार पनि उहाँले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाउनुभएको हो ।

मंगलबार सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले सो आरोप लगाएका हुन् । उनले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताए ।

गान्धीले भनेका छन्, – यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो ।

गान्धीले भारतले चार चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेको बताए ।

पहिले प्रधानमन्त्रीले चार चरणको लकडाउनबाट सबै ठीक हुन्छ भनेको भए पनि अहिले भारतमा सोचेभन्दा पनि बढीको दरमा कोरोनाका संक्रमितहरु बढिरहेकोले अब सरकारले के नीति बनाउँछ भन्ने बारेमा हेर्न भारतीय जनता आतुर रहेको उनले बताए

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : ५८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो