२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो ।

पदोन्नती भएका उपरथीहरु दिपक कुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका २ जना महा सेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ४० बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको