२ असार २०८३, मंगलबार | June 17, 2026

बांके प्रहरी कोरोना मुक्त, ६० प्रहरीको रिपोर्ट नेगेटिभ



नेपालगञ्ज । बांकेमा लकडाउन कार्यान्वयन र संक्रमितहरुको उद्दारमा खटिएका प्रहरीहरुमा देखिएको संन्त्रास कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि हटेको छ । बाँकेका ६० जना प्रहरीको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि प्रहरीमा देखिएको त्रास हटेको हो ।

बांकेको नरैनापुरमा एकजना प्रहरी जवानमा संक्रमण देखिएपछि कोरोनाको जोखिमका बिच ड्युटिमा खटिएका प्रहरीको पीसीआर जाँच गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्याम्पल लिएर जाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

नेपालगञ्जमा शुरुमा पोजिटिभ देखिएका ६० वर्षीय पुरुषको स्वाव संकलनको समयदेखि संक्रमितहरु बस्ने टोल सील र संक्रमितहरुलाई लैजाने ल्याउने कार्यमा संलग्न प्रहरीको कोरोना परीक्षण गरिएको थियो ।

बाँकेको नरैनापुरमा एकजना प्रहरीलाई कोरोना देखा परिसकेकाले फिल्डमा खटिएका अरु प्रहरीको जाँच गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जेठ ७ र ८ गते ३ सय ५२ वटा स्याम्पल संकलन गरेर पठाएकोमा ३१ वटा पोजिटिभ र अरु सबै नेगेटिभ आएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ४ : ०४ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ