२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

भैरहवामा टाटा मोटर्सको नयाँ सोरुम सञ्चालन



बुटवल । रुपन्देहीको भैरहवामा टाटा मोटर्सको नयाँ सोरुम सञ्चालनमा आएको छ । ओमसतिया-२ अञ्चलपुरमा सोरुमको शुभारम्भ गर्दै कम्पनीका पिभिवीयूतर्फका हेड अफ डिपार्टमेन्ट सावन जँग सिंजापतीले ग्राहकका लागि थप सहज हुने अपेक्षा गरे ।

नेपाली बजारमै अटोमोबाइल्सतर्फ टाटाले तेस्रो स्थानमा रहेर व्यापार गरिरहेको दाबी गर्दै उनले छिट्टै पहिलो नम्बरमा पुग्ने लक्ष्य प्रस्तुत गरे । युवा पुस्ता र जुनसुकै घरानाका लागि विभिन्न भेराइटीका गाडीहरु उपल्ध भएका कारण आकर्षण थप बढ्दै गएको उनले उल्लेख गरे । कार्यक्रममा बोल्दै कम्पनीका डिलर म्यानेजर मेघराज ढुङ्गेलले युवा पुस्ता तथा बैकिंङ क्षेत्रका कर्मचारी, इन्सुरेन्स क्षेत्रका कर्मचारी, सरकारी कर्मचारी तथा व्यवसायिक घरानामा टाटाको उत्पादन लोकप्रिय हुँदै गएको उल्लेख गरे ।

देशका विभिन्न १३ स्थानमा सोरुम रहेको कम्पनीले छिट्टै लुम्बिनी प्रदेशको दाङ घोराही, भक्तपुर तथा सुर्खेदमा नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी भएको ढुङ्गेलले बताए । लुम्बिनी प्रदेशमा बुटवल र भैरहवासहित नेपालगञ्ज र तुलसिपुरमा समेत सोरुम रहेका छन् ।

टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, एनआरजी तथा एचफाइब लगायतका गाडी लोकप्रिय रहेका छन् । सञ्चालनमा आएको नयाँ सोरुमका म्यानेजिङ डाइरेक्टर योगेश घिमिरेले युवा पुस्तामा टाटाका उत्पदान लोकप्रिय बन्दै गएका कारण आफूले यस क्षेत्रमा हात हालेको उल्लेख गरे । अटोमोबाइल्सतर्फ टाटाका इलेक्ट्रोनिक सवारीहरु समेत अन्यभन्दा सस्तो र भरपर्दो भएकाले माग बढी रहेको उनले बताए । भैरहवा क्षेत्रमा सोरुम सञ्चालन आएसँगै ग्राहकलाई थप सहज हुनुका साथै बजारमा थप नयाँ प्रभाव रहने अपेक्षा गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ३२ बजे

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त