२२ बैशाख २०८१, शनिबार | May 5, 2024

देश पुनः आर्थिक संकटतर्फ उन्मुख



काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ ।

यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक उपभोग्य सामग्रीसमेत भित्र्याउन आर्थिक समस्या हुने देखिएको छ । जसका कारण मुलुक पुनः आर्थिक संकटतर्फ उन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ । गत आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा गएको छ ।

गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा आइपुग्दा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत वैशाख मसान्तमा २१ प्रतिशत १ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

सरकारले आयातमा कडाइ गर्दै विदेशी मुद्राको सञ्चिति घट्न नदिने प्रयास गरे पनि ओरालो लाग्ने क्रम रोकिएको छैन । पेट्रोलको आयात घटाउन आइतबार बिदा दिने घोषणा गरे पनि त्यसले प्रतिफल नदिएपछि सरकार बिदा दिनबाट पछि हटिसकेको छ ।

गाडी आयात पनि रोक्न नसकिएपछि अटोमोबाइल्स एसोसिएसन भने परिणाम सकारात्मक नभएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न लबिङमा जान थालेको छ । सरकारले विदेशिने रकम रोक्न र रेमिट्यान्स भिœयाउन अनेक उपाय गरे पनि सरकार असफल देखिएको छ ।

१० महिनामा रेमिट्यान्स आप्रवाह शून्य दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको छ । जबकि, गत वर्ष कारोनाका बाबजुद पनि सो समयमा १९ दशमलव २ प्रतिशतले बढेको थियो । १० महिनामा जम्मा ८ खर्ब ११ अर्ब ७९ करोड मात्र पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स १ प्रतिशत ६ प्रतिशतले कमी आएकाले पनि उत्साह नबढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत १ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । चालू आवको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ प्रतिशत ३४ महिनाको वस्तु आयात र ६ प्रतिशत ५७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहेको देखिन्छ ।

उच्च आयात, निर्यातको हिस्सा कम, रेमिट्यान्समा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी भई शोधनात्मक स्थिति निरन्तर घाटामा गइरहेको अर्थशास्त्रीहरू बताउँछन् ।

१० महिनामा सरकारको चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा चालू खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । यसअवधिमा पुँजीगत ट्रान्सफरमा ४१ प्रतिशत ३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने १८ प्रतिशत २ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब ८ करोड रुपैयाँ मात्र रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ । १० महिनामा मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुगेको छ ।

तथ्यांकअनुसार वैशाखमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत थियो ।

चैत महिनामा मूल्यवृद्धि दर ७ दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घिउ-तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य ७ दशमलव १३ प्रतिशत बढेको छ ।

यस्तै, साउनदेखि वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । १० महिनामा वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ भएकोमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ प्रतिशत १३ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ प्रतिशत ४५ प्रतिशत रहेको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तेलको मूल्य २४ प्रतिशत ८६ प्रतिशतले बढेको छ ।

यस्तै, फलफूल १२ प्रतिशत ६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११ प्रतिशत ३० प्रतिशत छ । यस्तै, दाल तथा गेडागुडीको मूल्यवृद्धि १० प्रतिशत ५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९ प्रतिशत ७० प्रतिशत छ ।

गैरखाद्य तथा सेवा उपसमूहअन्तर्गत यातायातमा २१ प्रतिशत ८१ शिक्षामा ११ प्रतिशत ६४ र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८ प्रतिशत २१ प्रतिशत पुगेको छ ।

अमेरिकी डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च हुँदा मुलुक थप समस्याग्रस्त पर्ने सम्भावना बढेको हो । शनिबार १२४ रुपैयाँ ८४ पैसा पुगेको डलरको मूल्य दिन प्रतिदिन बढ्दो छ । डलरको भाउ बढ्दा नेपाली मुद्रा कमजोर बनेको छ । यसले आर्थिक संकटको सामना गरिरहेको नेपाललाई झनै चुनौती थपिने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा आयात २८ प्रतिशतले बढेको छ । कुल वस्तु व्यापार घाटा २४ प्रतिशत ९ प्रतिशतले बढेको छ । संघीय सरकारले गत साउनदेखि वैशाखसम्मको १० महिनामा ९ खर्ब ८ अर्ब ८६ करोड खर्च गरिसकेको छ भने राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड संकलन गरेको छ । सरकारको आम्दानी भन्दा खर्च बढी भएकाले पनि मुलुकको आर्थिक समस्या निम्तिने र वैदेशिक ऋण लिनुपर्ने बाध्यता आइपर्ने भएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ११ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै