२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जनप्रतिनिधिको गुनासो संघ र प्रदेशसँग समन्वय हुन नसक्दा पालिकामा गुणस्तरीय काम हुन सकेन



सुर्खेत । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्दको समन्वयमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।कार्यक्रममा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरुको सहभागिता छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले तीन तहका सरकारबीच सहकार्य नहुँदा नागरिकले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय अभाव हुँदा नागरिकले संघीयताको अनुभूति पनि गर्न नपाएको उल्लेख गरेका छन् ।

उनीहरुले संघ र प्रदेशका जिल्ला कार्यालयहरु खारेज गरेर स्थानीय तहमार्फत योजना कार्यान्वयन गर्दा मात्रै कर्णालीले विकास र समृद्धिको मार्ग तय गर्ने बताए ।

यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले संघ र प्रदेश आफैले जिल्लामा बजेट कार्यान्वयन गर्न खोज्दा समस्या भइरहेको बताए । उनले, संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय कामहरु हुन नसकेको बताए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५५ बजे

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति