२० मंसिर २०८२, शनिबार | December 6, 2025

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह



काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्या बारे अवगत गराएका थिए । उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको जानकारी दिए ।

भेटघाटमा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा। केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो ।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ मा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला आयोजना गर्दैछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : १३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय