६ श्रावण २०८३, बुधबार | July 22, 2026

२१ दिने साइक्लिङ च्यालेन्जको उपाधि सुनिललाई, जिते प्याङ्क कस्टम माउन्टेन बाइक



भक्तपुर । २१ दिने साइक्लिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन् । च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे ।

दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे । तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपकोतर्फबाट वाटर बोटल प्राप्त गरे ।

च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गर्दै जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे । साइकलप्रति अभिरूचि बढाउन साइकल कनेक्ट भक्तपुरले च्यालेन्जको आयोजना गरेको थियो ।

१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्य गर्नुपर्ने थियो । जसअनुरूप सहभागीले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो ।

प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पुरा गरेका थिए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : ३६ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न