१४ पुस २०८२, सोमबार | December 29, 2025

चार जना मृत अवस्थामा फेला



काठमाडौं । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका-१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ०६ बजे

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

काठमाडौं । नेकपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा