१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो



पोखरा । लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरुले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै सांकेतिक रुपमा बाटो नै बन्द गरिदिएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा सांकेतिक विरोध स्वरुप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए ।

पटक पटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।

‘भन्नुपर्ने ठाउँमा भनिसक्यौं । कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन् । बाटो बन्द गर्नुको विकल्प भएन । अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौं ।’

निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए । यो बाटो कास्कीको बेगनासतालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयहरूले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : १८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा