२३ चैत्र २०८२, सोमबार | April 6, 2026

फ्लिन भ्रमण : ‘अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउनेतर्फ केन्द्रित’



काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए ।

जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने दिन आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे ।

सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

उनी नेपाल आउनु अघि चार दिने भारत भ्रमणमा थिए । अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषण भइरहँदा उनी भारत भ्रभण सकेन नेपाल आएका हुन् । प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका बेला उनको भ्रमण भएको हो ।

प्राध्यापक कृष्ण पोखरेलले फ्लिनको भ्रमण नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा हस्ताक्षर गराउने तर्फ केन्द्रीत रहेको बताउँछन् । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग भएको उनको भनाइ छ ।

‘भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताए अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले । उनको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो ।’

अमेरिकाको यस्तो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुने उनको भनाइ छ ।

‘यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तराष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ’, उनको भनाइ छ ।

यो विषय एमसीसी भन्दा निक्कै पेचिलो रहेको बताउँदै उनले भने ‘मुलुककै स्वतन्त्र अस्तित्वमाआँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ !’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ४४ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको