३ पुस २०८२, बिहिबार | December 19, 2025

बागलुङमा फेरि देखियो कोरोना, बडिगाड र तमानखोला गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि



बागलुङ । दुई महिनादेखि सुरक्षित रहेको बागलुङमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । एक्कैपटक बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बताएका् छ । संक्रमितहरुबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको छ । थप जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्ने पत्रकार सम्मेलनमार्फत आउने स्रोतले बताएको छ ।

दुवै स्थानमा देखिएका कोरोना संक्रमितलाई बागलुङ सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा पठाउने तयारी भैरहेको छ ।

तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएका थिए । उनीहरुसहित १४ जना गाउँपालिकाको क्वारेन्टाइमा रहेका छन् । यस्तै, बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । संक्रमित सबै भारतबाट आएका हुन् ।

यसअघि बागलुङमा विदेशबाट आएका दुई जना महिलामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १२ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको