२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट नेपाली आउने क्रम जारी, बीरगंजमा एकैदिन ३ सय बढी नेपाली देश भित्रिए



बीरगञ्ज । स्थानीय तहले क्वारेन्टाइनमा राख्ने सर्तमा सिमामा रहेका नेपाली भित्राउने निति लिएपछि हरेक दिन नेपाल भारत सिमानाकाबाट नेपाल भित्रिनेहरुको संख्या थपिईरहेको छ । कञ्चनपुरको गड्डा चौकी नाकाबाट ५ हजार नेपाली भित्रिएको भोलिपल्ट बिरगंजको रक्सौल नाकाबाट आज ३ सय बढी नेपाली नगरिक नेपाल भित्रीएका छन । छिमेकी मुलुक भारतको बिभिन्न ठाऊमा अलपत्र परेका ३७५ जना नेपालीहरुलाई बिरगंज रक्सौल नाकाबाट नेपाल भित्राईएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

पर्सा र काठमाडौंका नागरिकलाई स्थानीय क्वारेन्टाईनमा राखि अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाईने तयारी भइसकेको उहाले बताउनुभयो । दाङ, रुकुम लगायत जिल्लाका स्थानीय तहहरुले आफ्नो नागरिक लिन गाडी बुक गरेर बीरगञ्ज पठाएको र उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राख्ने सर्तमा सम्बन्धित जिल्लामा पठाईने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

बीरगंजको रक्सौल नाका संगै भैरहवाको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको जमुनाहा, कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी नाकाबाट हरेक दिन हजारौं नेपालीहरु भित्रिईरहेकाछन् । चोरीबाटो प्रयोग गरि भित्रिनेहरुको दाता भने सरकारसंग छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती