७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, नयाँ नाम – ग्लोबल आइएमई बीओके बैंक



काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जर हुनेभएको छ ।

बिहीबार बिहान याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रममा दुवै बैंकका तर्फबाट समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बराबरीको हैसियतमा गर्न लागिएको मर्जरको समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके बैंक रहने भएको छ । बैंकको प्रमुख कार्यकारी निर्देशक सीईओमा रत्नराज बज्राचार्य रहनेभएका छन् । बज्राचार्य हाल ग्लोबल आइएमई बैंकको सीईओ रहेका छन् । दोस्रो स्थानमा भने बीओकेका श्रवण मास्के रहनेछन् ।

नेपाल राष्ट्र बैंकले यही असारभित्र मर्जरमा सहमति गर्न बैंकहरुलाई ताकेता गरेको थियो । असारभित्र मर्जरमा सहमति नगरे त्यसपछि कुनै पनि सुविधा नदिने घोषणा गरेपछि बैंकहरु तात्तिएका हुन् ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भैसकेको छ ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : २१ बजे

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन