३ पुस २०८२, बिहिबार | December 18, 2025

करको दर परिवर्तनमा कुनै राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर कानूनी प्रक्रियाअनुसार नै परिवर्तन गरिएको दाबी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरे । शर्माले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरेको बताए । शर्माले दर परिवर्तनमा राष्ट्रघात भएको प्रमाणित भए आफुले जिम्मा लिने बताए ।

अर्थमन्त्री शर्माले भने ‘सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर राजस्वका दरहरु परिवर्तन गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु । त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु । ’

शर्माले डलरको सञ्चितिलाई ध्यानमा राखेर, आयात प्रतिस्थापन र आन्तरिक औद्योगिक क्षेत्रलाई ध्यानमा राखेर नै दरहरु परिवर्तन भएको दाबी गरे ।

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : १९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल