ललितपुर । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् । आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पारे । “मैले अर्थमन्त्रीको जिम्मेवारी…