२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बैंकको ब्याजदर घटाइदिन गृहमन्त्रीसँग उद्योगी व्यवसायीको हारगुहार

भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको तथा व्यवसायीलाई धरपक्कड गरिरहेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् । गृहमन्त्री बालकृष्ण खाँण चुनाव प्रचार प्रसारका क्रममा हिँडेका बेला उद्योगी व्यवसायीले बैंकको ब्याजदर घटाइदिन भन्दै माग गरेका हुन् । रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूको सञ्जाल रुपन्देहीले…