गोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः…