बागलुङ । अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर…