काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था आजैदेखि लागू हुने जनाइएको छ। वसअघि सरकारले सरकारी कार्यालयहरु तथा शिक्षण संस्थाहरु…