काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउन सरकार संवेदनशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन सरकारले सबै अंगसँग छलफल गरिरहेको बताएका हुन् । प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै नयाँ बजेटले राजस्व संकलन बढाउने र अर्थतन्त्रमा देखिएका…