७ आश्विन २०८३, बुधबार | September 23, 2026

एफएनसीसीआई अध्यक्ष चन्द्र ढकाल भन्छन, – ‘अर्थतन्त्र अझै चुनौतीपुर्ण छ



काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन ।

‘केन्द्रीय बैंक, राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यसकारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले पनि नीजि क्षेत्रलाई उत्तसाहित बनाउन सकेको छैन । ’

वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको उनको भनाई छ । जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनको भनाई छ ।

यद्धपी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग बाणिज्य महासंघले दिएका सुझावहरू सम्बोधन भए पनि पुर्ण रुपमा लागु नगरिएको उनको गुनासो थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११