जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् । आर्थिक वृद्धिलाई पुुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सृजना गरेको छ…