७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्र बैंकले बजारबाट फेरि ६० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ। तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) प्रयोग गर्दै उक्त रकम ६३ दिनको अवधिका लागि संकलन गर्न लागेको हो। राष्ट्र बैंकले केही समयदेखि सातामा दुईपटकजति बजारबाट पैसा झिक्दै आएको छ।…